News Summary
Generated by OK AI. Editorially reviewed.- राजु श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित भएका छन् ।
- सिनेमा पाठशाला प्रालिको ब्यानरमा बन्ने फिल्ममा मुकुन भुसाल, सलिना तामाङ र रेयर राई यसअघि नै अनुबन्धित भइसकेका छन् ।
- फिल्मको कथा रामकृष्ण बजगाईं र पटकथा चानस पुन मगरले लेखेका हुन् ।
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन् ।
रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनको पछिल्लो रिलिज फिल्म ‘बेहुली फ्रम मेघौली’ हो भने उनी अभिनित फिल्म ‘मास्टर्नी’ यही भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
मञ्जिलकुमारले ‘कोशेढुंगा’बाट डेब्यू गरेका हुन् । सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि नै अभिनेता मुकुन भुसाल, अभिनेत्री सलिना तामाङ तथा अभिनेता रेयर राई अनुबन्धित भइसकेका छन् ।
मुकुन र सलिना मुख्य भूमिकामा देखिनेछन् भने सलिनाले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्न लागेकी हुन् । कथा रामकृष्ण बजगाईं तथा पटकथा चानस पुन मगरले लेखेका हुन् ।
प्रस्तुतकर्ता प्रवीण आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी हुन् । सहनिर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।
प्रतिक्रिया 4