+
+
Shares

पार्टी एकतालाई मजबुत बनाउन क्रियाशील बन्न कांग्रेस उपसभापति शर्माको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन् ।
  • केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकको दोस्रो दिन गिरीको विचार र व्यक्तित्व स्मरण गर्दै नेताहरूले आ–आफ्नो विचार राखेका थिए ।
  • बैठकमा महिला ग्रीन रन, महिला उद्यमशीलता सम्मेलनको तयारी र विभिन्न उपसमितिका नीति तथा कार्ययोजना प्रस्तुतिबारे छलफल हुने जानकारी कृष्णप्रसाद दुलालले दिए ।

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वर्गीय नेता प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन् । ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकको दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले गिरिले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरको हुन् ।

‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ । उहाँ एक समुन्द्र जस्तै हुनुहुन्थ्यो । समुन्द्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौं,’ शर्माले भने ।

बैठकमा गिरीको विचार र व्यक्तित्व स्मरण गर्दै प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, सदस्यहरू डा. गोपाल दहित थारु, महेन्द्र यादव, जनक चटौत, ई. अमृत ज्ञवाली, प्रकाश लामिछाने, प्रकृति भट्टराई, अनुपा श्रेष्ठ र कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले बैठकमा आ–आफ्नो विचार राखेका थिए ।

जारी बैठकमा महिला ग्रीन रन र महिला उधमशिलता सम्मेलनको तयारी तथा विभिन्न उपसमितिका नीति र कार्ययोजना प्रस्तुतिलगायतका विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?