+
+
Shares

सुकुमवासी बस्तीबाट विस्थापित पीडितको खबरदारी र्‍याली (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ ४ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकुमवासी बस्तीबाट विस्थापित पीडितहरूले बिहीबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका छन् ।
  • उनीहरूले सरकारले क्षतिपूर्तिमा बेवास्ता गरेको र नागरिकको ज्यान जाँदासमेत उचित व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।
  • मोर्चाका अनुसार गत वैशाखयता डोजर चलेपछि भूमिहीन ९ जनाको ज्यान गएको छ, र मृतकको सम्झनामा यसअघि शोकसभा गरिएको थियो ।

४ भदौ, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएका पीडितहरूले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन् । उनीहरूले बिहीबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका हुन् ।

उनीहरूले सरकारले क्षतिपूर्तिमा बेवास्ता गरेको, नागरिकले ज्यान नै गुमाउँदा पनि सरकार गम्भीर नबनेको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।

सरकारले गत वैशाखमा डोजर चलाए यता ज्यान गुमाउने भूमिहीनको संख्या ९ जना पुगेको छ । नागरिकको ज्यान जाँदा पनि सरकारले उचित व्यवस्थापनमा ध्यान नदिएको उनीहरूको गुनासो छ ।

मोर्चाका अनुसार हिरा हजारा दुषाध (पासवान) , इन्द्रबहादुर राई, रविन तामाङ, कमला बलाम्पाकी, हिरा पुन, भेषबहादुर दर्जी, रतनदेवि मलाहानी, उज्जवल तामाङ, पार्वती बिक र पासवानको ज्यान गएको हो ।

मृतकहरूको सम्झनामा यसअघि शोकसभा गरिएको थियो भने आज खबरदारी र्‍याली गरिएको हो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?