News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।
- नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अब अनलाइनबाटै खाता खोल्न सक्नेछन्।
- खाता सक्रियताका लागि सक्कली कागजपत्रसहित नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्ने बैंकले जनाएको छ।
४ भदौ, काठमाडौं । सिद्धार्थ बैंकले नेपालको बैकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन्।
ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
‘अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अगाडि बढाउन सकिनेछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ, ‘खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजपत्रका साथ आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।’
यस सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने बैंकले जनाएको छ।
यस सेवाको बारेमा थप जानकारीका लागि चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ (०१–५९७००२०) मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रतिक्रिया 4