News Summary
Generated by OK AI. Editorially reviewed.- अलास्काको केप न्युएनहमनजिकै एन्कोरेजबाट उडेको चार्टर विमान दुर्घटनामा परेको छ ।
- एनटीएसबीका अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र छ जना यात्रु सवार थिए ।
- अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले राडार साइटनजिकै भएको घटनापछि खोज तथा उद्धार अभियान सुरु गरेको जनाएको छ ।
५ भदौ, काठमाडौं । अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ ।
एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो ।
संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ ।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र छ जना यात्रु सवार थिए ।
उनीहरूको अवस्थाबारे भने तत्काल कुनै जानकारी प्राप्त नभएको उनले बताएका छन् ।
जोन्सनका अनुसार विमान एन्कोरेजबाट उडेको थियो र बिहीबार दिउँसो केप न्युएनहममा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको अनुमान गरिएको छ ।
जोन्सनले अहिलेसम्म प्राप्त जानकारी प्रारम्भिक मात्रै रहेको बताएका छन् ।
अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले केप न्युएनहम लङ रेन्ज राडार साइटनजिकै विमानसम्बन्धी घटना भएको सूचना प्राप्त भएपछि खोज तथा उद्धार अभियान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4