प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा डाेग्रा खोलाको बाढीले ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंहलाई बेपत्ता बनाएको छ।
- प्रहरीका अनुसार थापा बुधबार साँझ गोठबाट घर फर्कने क्रममा र सिंह शुक्रबार बिहान बाढीमा बेपत्ता भएका हुन्।
- बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ भने लगातार वर्षाले उद्धारमा कठिनाइ भएको छ।
६ भदौ, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।
३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार डाेग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ।
बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4