+
+
Shares

नेपाल-भारत संयुक्त कार्यदल बैठक : सीमा क्षेत्रमा आधुनिक प्रविधिमार्फत निगरानी बढाउने सहमति

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १९:१७

५ भदौ, काठमाडौं । नेपाल र भारतबीच सीमाका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने सहमति भएको छ । नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।

कार्यदलको १४औं बैठकको निर्णयबारे गृह मन्त्रालयले भनेको छ, ‘सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण) प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुबै पक्षबीच सहमति भयो ।’

बिहीबार सुरु भएको कार्यदलको बैठकमा दशगजा क्षेत्रको अतिक्रमण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोगलगायतका विषयमा पनि छलफल भएको थियो ।

‘बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोगमा नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवं पारस्पारिक कानुनी सहायता महत्त्वपूर्ण सीमा व्यवस्थापनका विषयमा घनिभूत छलफल भयो,’ गृह मन्त्रालयले भनेको छ ।

त्यस्तै, दुवै देशका नागरिकहरूको सीमापार आवगमनलाई सहज बनाउने, सीमा नाका हुँदै आवगमन गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण र निगरानी संयन्त्रलाई सुदृढ पार्ने, विपद् व्यवस्थापन र नेपाल भारत जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

बैठकको नेतृत्व नेपालबाट गृहमन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृहमन्त्रालयका संयुक्त सचिव पौसुमी वासुले गरेकी थिइन् ।

कार्यदलको १५औं बैठक दुबै पक्षको अनुकुल मितिमा नेपालमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?