+
+
Shares

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

अनिल खत्री अनिल खत्री
२०८३ भदौ ५ गते १९:४४

५ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ करिब ५:३० बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर पाण्डे करिब २५ मिटर तल खसेर घाइते भएकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट टोली घटनास्थल पुगेको थियो ।  प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याएको थियो ।

उपचारका क्रममा साँझ ६:२५ बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?