+
+
Shares

अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ ।
  • यो प्लगइनले आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन र जवाफ तयार गर्न सक्छ, तर सन्देश पठाउन प्रयोगकर्ताको स्वीकृति चाहिन्छ ।
  • यो सुविधा अहिले च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ र एप्पल सिलिकन चिप भएका म्याकमा मात्र चल्छ ।

ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ ।

यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन् । प्रयोगकर्ताले स्वीकृति दिएपछि सन्देश पठाउन पनि सक्छन् ।

यो सुविधा अहिले च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप्पल सिलिकन चिप भएका म्याकमा मात्र चल्छ । इन्टेल म्याकमा भने काम गर्दैन ।

यसले कसरी काम गर्छ त ? सेटअपका क्रममा प्रयोगकर्ताले म्याकको फुल डिस्क एक्सेस, कन्ट्याक्ट्स र अटोमेसन अनुमति दिनुपर्छ ।

ओपनएआईले यो प्लगइनले प्रयोगकर्ताको म्यासेजहरू आफैं जम्मा गरेर वा फाइल बनाएर नराख्ने बताएको छ । प्रयोगकर्ता आफैंले कुनै कुराकानी खोज्न वा पत्ता लगाउन भन्नुभयो भने मात्र यसले पुराना म्यासेजहरू पढ्छ ।

यद्यपि, ब्लुमबर्गलगायतका स्रोतहरूले फुल डिस्क एक्सेस दिँदा एपले म्याकका अन्य धेरै फाइलहरूमा पनि पहुँच पाउने भएकाले गोपनीयता र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

ओपनएआईले भने यो फिचर स्थानीय रूपमा (लोकल होस्ट) चल्ने, प्रयोगकर्ताको पूर्ण नियन्त्रणमा रहने र मेसेज पठाउन स्वीकृति अनिवार्य हुने स्पष्ट पारेको छ ।

यदि प्रयोगकर्तासँग मिल्दो म्याक छ र च्याटजीपीटी वर्क वा कोडेक्स चलाउँदै छन्  भने, उनीहरुले एपको प्लगइन्स ट्याबबाट यो फिचर अन गर्न सक्नेछन् । तर, सेटअप गर्दा दिने एक्सेसहरू र मेसेज पठाउँदा अपनाउने सावधानीहरूप्रति भने विशेष ध्यान दिनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?