+

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

२०८३ भदौ  ६ गते १६:५३ २०८३ भदौ ६ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा नेपाल ए टोलीले बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग ९ विकेटले लगातार दोस्रो हार बेहोरेको छ।
  • नेपालले दिएको १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो, जसमा जिशान आलमले अविजित ५२ रन बनाए।
  • नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनायो, कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाएका थिए।

६ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।

नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्‍यो । नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि जिशान आलमले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए । अरिफुल इस्लामले अविजित ३४ रन बनाए । नेपालका लागि शाहब आलमले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । बिपिन खत्रीले अविजित ११ तथा रिजन ढकालले १० रन बनाए ।

नेपाल एक समय ४ ओभरमा १३-५ को अवस्थामा पुगेको थियो । कुशल भुर्तेलले नेपालको खराब अवस्थाका बीच केही राहत दिलाए ।

नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पनि पराजित भएको थियो ।

नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्नेछ ।

टप एन्ड टी-२० सिरिज नेपाल ए क्रिकेट नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय