News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४० वर्षीय हिरा बहादुर सारूको मृत्यु भएको छ।
- बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना भएको हो।
- गम्भीर घाइते सारूको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।
६ भदौ, काठमाडौं । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका–३ ढोडेनी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ४० वर्षीय हिरा बहादुर सारूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4