+
+
Shares

गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ मा मध्यपहाडी लोकमार्गमा गाडीले ठक्कर दिँदा गुल्मीकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो।
  • ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन्, र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

७ भदौ, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् ।

सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

आमा-छोरी क.प्र.०२००१ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए । गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?