७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् ।
देउवालाई भेट्न उनको निवास गएका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् । आइतबार बिहान देउवा-मल्लको भेट भएको थियो ।
अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५ औं महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको बताउँदै मल्लले अनलाइनखबरसँग भने, ‘सबैलाई मिलाएर पार्टीको १५औं महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न मैले आग्रह गरें ।’ देउवा त्यस कुरामा अत्यत्तै सकरात्मक आफूले पाएको मल्लले बताए । सभापति गगनसँग पार्टी मिलाउनका लागि छलफल गर्ने देउवाले मल्लसँग बताएका थिए ।
देउवा उपचारपछि फर्केको हुनाले स्वास्थ्य अवस्था बारे बुझ्न भेट्न गएको मल्लले बताए । मल्लले भने, ‘उहाँसँग मेरो राजनीतिक सम्बन्ध विच्छेद भएको थियो । स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ । स्वास्थ्य ठीक भएको पाएँ ।’
मल्ल डडेलधुरामा दुई पटक पार्टी सभापति बनेका थिए । पछिल्लो समय पूर्व सभापति देउवासँग उनको सम्बन्धमा दूरी बढेको थियो ।
प्रतिक्रिया 4