+
+
Shares

‘मिस मेनुका’ को शो एक हप्ता थपियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ नाटकको मञ्चन अवधि एक हप्ता थपिएर १३ भदौसम्म पुगेको छ।

७ भदौ, काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ नाटकको मञ्चन अवधि थपिएको छ । एक हप्ता मञ्चन अवधि थपेसँगै यो नाटक अब १३ भदौसम्म लाग्ने छ ।

फ्रान्सेली नाटक ला पे… रेस्पेक्टुअजको नेपाली रुपान्तरण रहेको यो नाटक १३ साउनदेखि नियमित मञ्चनमा रहेको छ । यो नाटकको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नाटकको नेपाली रुपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी हुन् भने निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।

यस नाटकमा मेनुका एक यौनकर्मी बसमा यात्रा गर्ने क्रममा एउटा घटनाको प्रत्यक्षदर्शी बन्छिन् । तर वास्तविक अपराधीलाई बचाउन प्रभावशाली मानिसहरूले निर्दोष व्यक्तिमाथि उनलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाउन खोज्छन् ।

प्रहरीले पनि उनीहरूकै साथ दिन्छ र उनलाई झूटो बयान दिन दबाब दिन्छन् । पछि त्यो निर्दोष व्यक्ति आफ्नो ज्यान बचाउन मेनुकासँग सहयोग माग्न आउँछ । त्यसपछि के हुन्छ भन्ने नै नाटकको मूल कथा हो ।

नाटकमा सरिता गिरी, युवराज घिमिरे, रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्द लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?