+
+
Shares

शिल्पीमा ‘मिस मेनुका’ को मञ्चन सुरु (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १८:५७

बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ नामक नाटक मञ्चन सुरु भएको छ । फ्रान्सेली नाटक ला पे… रेस्पेक्टुअजको नेपाली रुपान्तरण नाटक १३ साउनदेखि मञ्चन सुरु भएको हो ।

यो नाटकको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नाटकको नेपाली रुपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी हुन् भने निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।

यस नाटकमा मेनुका एक यौनकर्मी बसमा यात्रा गर्ने क्रममा एउटा घटनाको प्रत्यक्षदर्शी बन्छिन् । तर वास्तविक अपराधीलाई बचाउन प्रभावशाली मानिसहरूले निर्दोष व्यक्तिमाथि उनलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाउन खोज्छन् ।

 

प्रहरीले पनि उनीहरूकै साथ दिन्छ र उनलाई झूटो बयान दिन दबाब दिन्छन् । पछि त्यो निर्दोष व्यक्ति आफ्नो ज्यान बचाउन मेनुकासँग सहयोग माग्न आउँछ । त्यसपछि के हुन्छ भन्ने नै नाटकको मूल कथा हो ।

यो नाटकले साम्प्रदायिक विभेद, सांस्कृतिक विभेद, सामाजिक अन्याय, लैङ्गिक विभेद, राजनीतिक भ्रष्टाचार र शक्तिको दुरुपयोगका कारण सत्य र न्याय कसरी हार्छन् भन्ने कुरा प्रस्तुत गर्छ ।

नाटकमा सरिता गिरी, युवराज घिमिरे, रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्द लगायतको अभिनय छ । नाटक ६ भदौसम्म मञ्चन हुने छ ।

फोटो: चन्द्र बहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?