+
+
Shares

८६ पटक मञ्चन भइसकेको ‘जिउँदो अकाश’ साउने १ देखि पुन: मञ्चन हुने

नाटकका परिकल्पनाकार तथा निर्देशक आर.के. मेहताले दर्शकको चाहनाले पुनः मञ्चन गर्न लागेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक जिउँदो आकाश थापागाउँस्थित एक थिएटर नेपालमा आगामी १ साउनदेखि १२ गतेसम्म पुनः मञ्चन हुँदै छ।

२६ असार, काठमाडौं । ८६ पटकसम्म मञ्चन भइसकेको नाटक जिउँदो आकाश थापागाउँस्थित एक थिएटर नेपालमा फेरि मञ्चन हुने भएको छ । सो नाटक १ साउन देखि १२ गतेसम्म पुनः मञ्चन हुन लागेको हो।

ओझेलमा पारिएका अल्पसंख्यकको मूलविषय रहेको यो नाटकमा अनिल सुब्बाको एकल अभिनय हुनेछ ।

समाजका अल्पसंख्यक मानिसलाई बहुसंख्यकले ओझेलमा पारेको स्थिति अझै पनि छ । तिनीहरूको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई बेवास्ता गरिएको स्थिति छ । त्यसमै केन्द्रित भएर जिउँदो आकश लेखिएको छ । राज्यबाट कानुनमा केही अधिकार सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा अझ परिवर्तन हुन सकेको छैन ।

यही मुद्दा बोकेको नाटक जिउँदो आकाश साइलेन्ट एक्टको सहकार्य तथा एक थिएटर नेपालको प्रस्तुतिमा पुन: मञ्चन हुन लागेको हो ।

नाटकका परिकल्पनाकार तथा निर्देशक आर.के. मेहताले दर्शकको चाहनाले पुनः मञ्चन गर्न लागेको बताए ।

‘यो नाटक हेर्ने दर्शकमा अल्पसङ्ख्य समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको खबरले हाम्रो काममा सफल भएको महसुस गरेका थियौं । र, आज पुनः मञ्चन गर्न पाउँदा अत्यन्त खुसी भएका छौं’ उनले भने, ‘हाम्रो समाज कुनै प्रकारको भेदभावबाट मुक्त होस् भन्ने चाहना हो ।’

जिउँदो आकाश नाटकमा उठाइएको विषय पाठ्पुस्तकमा समेत समावेश गरिए अझ आउने पुस्तालाई पनि सकारात्मक परिवर्तन गर्न सजिलो हुने मेहता बताउँछन् ।

यसअघि यो नाटक काठमाडौ, ललितपुर, दोलखा, पोखरा, झापालगायत स्थानमा मञ्चन भएको थियो । यसैगरी अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा दिल्ली र गुवाहाटीमा पनि नाटक मञ्चन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?