News Summary
Generated by OK AI. Editorially reviewed.- दमक प्रहरीले सर्टगनसहित झापाको २० वर्षीय सुमन कर्णलाई पक्राउ गरेको छ ।
- प्रहरीका अनुसार कर्णबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार हो ।
- जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसन्धुरा खड्काले कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक भएको बताइन् ।
७ भदौ, काठमाडौं । झापामा सर्ट गनसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले सर्ट गनसहित ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुमन कर्ण नाम गरेका २० वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसन्धुरा खड्काले बताइन् ।
कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक हुन् । उनीबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4