+
+
Shares

खर्क नीतिबारे छलफल गर्दै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १४:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सोमबार दिउँसो २ बजे खर्क नीति २०६८ को कार्यान्वयनबारे छलफल गर्दैछ।
  • समितिको बैठकमा विषय विज्ञका रूपमा धन प्रसाद लामिछाने आमन्त्रित छन्।
  • सरकारले २०६८ चैत २८ गते गोठालो र चरण क्षेत्रको उचित प्रबन्धका लागि खर्क नीति २०६८ स्वीकृत गरेको थियो।

७ भदौ, काठमाडौं । संसदीय समितिले खर्क नीतिबारे छलफल गर्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले यस सम्बन्धमा छलफल गर्न लागेको हो ।

सोमबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा विषय विज्ञका रुपमा धन प्रसाद लामिछाने आमन्त्रित छन् । सरकारले गोठालो र चरण क्षेत्रको उचित प्रबन्ध गर्न भनेर  २०६८ चैत २८ गते खर्क नीति २०६८ स्वीकृत गरेको थियो ।

यस नीतिको मुख्य उद्देश्य हिमाली तथा पहाडी भेगका खर्कहरूको वैज्ञानिक सदुपयोग, संरक्षण र दिगो व्यवस्थापन गर्नु हो ।

खर्कको उत्पादन क्षमता बढाउँदै जैविक विविधताको संरक्षण गर्ने, स्थानीय किसान, गोठाला र समुदायलाई खर्क व्यवस्थापनमा सहभागी गराउने, चरन क्षेत्रको अतिभार र अनियन्त्रित दोहन रोक्ने भनेर ल्याइएको यो नीतिको कार्यान्वयनको अवस्थाबारे संसदीय समितिले चासो राखेको हो ।

खर्क संरक्षण गर्दा जडिबुटी, पशुपालन र पर्यटन प्रवर्द्धन हुने र यसमार्फत ग्रामीण अर्थतन्त्र बलियो बन्ने सरकारको विश्वास छ ।

तर क्षमताभन्दा धेरै पशुहरू चराउँदा खर्कहरूको विनाश र भूक्षय बढ्दै गएको, हिउँ पग्लने क्रम बदलिँदा खर्कहरू सुक्खा भएको र मिचाहा प्रजातिका झारहरू फैलिएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।

खर्क सुधारका लागि आवश्यक पर्ने आधुनिक प्रविधि, उन्नत घाँसको बीउ र पर्याप्त बजेटको अभावका साथै हिमाली क्षेत्रका खर्कहरू दुर्गम ठाउँमा भएकाले अनुगमन र पूर्वाधार विकास गर्न कठिन छ । सीमा विवाद, खर्कको स्वामित्व र बन उपभोक्ता समूह तथा गोठालाहरूबीच स्रोत उपयोगमा समन्वय नहुँदा उत्पन्न हुने समस्या समाधान गर्नका लागि खर्क नीति २०६८ ल्याइएको हो ।

यसको कार्यान्वयनको अवस्था र ऐन कार्यान्वयनको अवस्थाबारे छलफल गर्न लागिएको संसदीय समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?