News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको आइची र नागोयामा हुने २०औं एसियन गेम्समा ११ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन्।
- चिनिया पौडी खेलाडी १३ वर्षीया यु जिदी एसियन गेम्सकी सबैभन्दा कान्छी खेलाडी बन्ने लाइनमा छिन्।
- भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशी एसियन गेम्सका लागि भारतीय टोलीमा समावेश भएका छन्।
७ भदौ, काठमाडौं । जापानको आइची नागियामा हुने २०औं एसियन गेम्सका लागि अहिले सहभागि राष्ट्रहरुले खेलाडी संख्या घोषणा गरिरहेका छन् ।
आइची र नागोयामा एसियन गेम्समा खेलाडी ११ हजार भन्दा बढी खेलाडी सहभागी हुँदैछन् । त्यसमा चिनिया टिनएजर पौडीबाट १३ वर्षीय यु जिदी पनि छन् ।
२०औं एसियन गेम्सका सहभागि हुने उनी सबैभन्दा कान्छो खेलाडी बन्ने लाइनमा छिन् । उनी अक्टोबर १४ वर्ष लाग्नेछिन् ।
टिनएजरमै स्टार बनिसकेकी यु जिदीले सानो उमेरदेखि पौडी खेल्दै आएकी थिइन् ।
उनले गत वर्ष सिंगापुरमा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा १२ वर्षको उमेरमै प्रतिस्पर्धा गरेकी थिइन् र सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।
जहाँ उनले प्रतियोगिताको इतिहासमै सबैभन्दा कान्छी खेलाडी बन्दै कांस्य पदक समेत जितेकी थिइन् ।
सन् २०२३ मा घरेलु भूमिमा भएको १९औं एसियन गेम्समा २०१ स्वर्ण जित्दै वर्चस्व जमाएको चीन यस पटक पनि २०औं एसियन गेम्समा त्यो लय कायम राख्ने अभियानमा छ र यु जिदी पनि पदक जित्ने लक्ष्यमा छन् ।
२०औ एसियन गेम्स खेल्ने अर्का चर्चित टिनएज खेलाडी भारतीय क्रिकेट वैभव सुर्यवंशी पनि हुन् । १५ वर्षीय उनी एसियन गेम्स खेल्ने भारतको क्रिकेट टिममा समावेश छन् ।
उनले यसअघि नै भारतको राष्ट्रिय टिमबाट समेत डेब्यु गरिसकेका छन् ।
यस्तै फिलिपिन्सकी २१ वर्षीय टेनिस खेलाडी एलेक्स इआएला पनि अर्को हेर्न लायक खेलाडीको रुपमा हुनेछिन् ।
२०औं एसियन गेम्समा ४३ खेलको ७१ विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4