News Summary
Generated by OK AI. Editorially reviewed.- ओसिएले जापानको आइची नागोयामा हुने २०औँ एसियन गेम्समा दुई तेक्वान्दो खेलाडी रहेको शरणार्थी टोली सहभागी गराउने जनाएको छ।
- सेप्टेम्बर १९ को उद्घाटन र अक्टोबर ४ को समापनमा टोलीको आधिकारिक नाम ‘ओसिए रिफ्युजी टिम' प्रयोग गरिने ओसिएले जनाएको छ।
- प्रतियोगिताका क्रममा टोलीलाई ‘एसियन रिफ्युजी टिम (एआरटी)' भनिनेछ, र स्वर्ण जितेमा ओसिएको झण्डा फहराइने तथा एन्थम बजाइनेछ।
७ भदौ, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आगामी महिना जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्समा शरणार्थी टोली (रिफ्युजी टिम) पनि सहभागी गराउने भएको छ ।
ओसिएले दुई सदस्यीय रिफ्युजी टिम सहभागL हुने जनाएको छ । उक्त टोलीमा तेक्वान्दो खेलका दुई खेलाडी मात्र हुनेछन् ।
सेप्टेम्बर १९ मा हुने उद्घाटन समारोह र अक्टोबर ४ मा हुने समापन समारोहमा टोलीको आधिकारिक नाम ‘ओसLए रिफ्युजी टिम’ प्रयोग गरिने ओसिएले जनाएको छ । ओसLएका अनुसार टोलीका लागि आवश्यक आधिकारिक पोशाक ३६१ डिग्रीलले उपलब्ध गराउनेछ ।
प्रतियोगिताका क्रममा भने यो टोलीलाई ‘एसियन रिफ्युजी टिम (एआरटी)’ को रूपमा चिनाइने ओसीएले जनाएको छ ।
तेक्वान्दो प्रतियोगिता स्थलमा झण्डा प्रदर्शन गर्दा तोकिएको क्रमअनुसार ओमानको झण्डापछि तुरुन्तै ओसिएको झण्डा राखिनेछ ।
यदि एआरटीका कुनै खेलाडीले स्वर्ण पदक जितेमा पदक वितरण समारोहका क्रममा ओसिएको झण्डा फहराइनेछ र ओसिएको एन्थम बजाइनेछ ।
उद्घाटन समारोहको खेलाडी मार्चपासमा ओसिए रिफ्युजी टिम यमन ओलम्पिक कमिटीपछि र आयोजक राष्ट्र जापानको राष्ट्रिय ओलम्पिक कमिटीको अघि रंगशालामा प्रवेश गर्नेछ ।
२०औं एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा आयोजना हुनेछ ।
प्रतिक्रिया 4