News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल रिजाल निर्देशित फिल्म 'गौंथली' ले आइतबार अपरान्हसम्म घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रस नाघेको छ ।
- फिल्मको नेट कलेक्सन २१ करोड ८४ लाख रुपैयाँ पुगेको छ र ९ लाख ८ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।
- महिलाको संघर्ष र सम्वेदनाको कथावस्तुमा आधारित 'गौंथली' सर्वकालिन दोस्रो धेरै कमाई गर्ने नेपाली चलचित्र बनेको छ ।
- फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर गरिएको छ र निर्माताले ५१ दिनको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारी गरिरहेका छन् ।
काठमाडौं । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार अपरान्हसम्म कपिल रिजाल निर्देशित पिल्मको कूल कमाई २५ करोड रुपैयाँ ग्रस नाघेको छ ।
फिल्मको नेट कलेक्सन २१ करोड ८४ लाख रुपैयाँ हुन आउँछ ।
सोहि अवधीसम्म फिल्मलाई ९ लाख ८ हजार भन्दा धेरै दर्शकले हेरेका छन् । महिलाको संघर्ष र सम्वेदनाको कथावस्तुमा आधारित फिल्ममा सिमरन खड्का र अरुण क्षेत्रीको शीर्ष भूमिका छ । यो फिल्म सर्वकालिन दोस्रो धेरै कमाई गर्ने चलचित्र बनिसकेको छ ।
यो फिल्म नेपालसहित अमेरिका, युरोप, मध्यपुर्व, अस्ट्रेलियामा प्रदर्शन भइसकेको छ । आइतबार यो फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर गरिएको छ ।
निर्माताले ५१ दिनको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4