+
+
Shares

अनलाइनखबरकर्मी अच्युत पुरीसहित ६ पत्रकार सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आरोही संघले रजत महोत्सवका अवसरमा अनलाइनखबरका अच्युत पुरीसहित ६ पत्रकारलाई सम्मान गरेको छ।
  • सम्मानित हुने अन्य पत्रकारमा राससका सीबी अधिकारी, नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, द हिमालयन टाइम्सका राजन पोखरेल, द एभरेस्ट न्युजका फुर्वा शेर्पा र कल्पना मर्हजन छन्।
  • संघले पत्रकारितामार्फत हिमाल आरोहणको प्रवद्र्धनमा योगदान गरेका व्यक्तिलाई सम्मान गरेको हो।

७ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी अच्युत पुरीसहित ६ पत्रकार सम्मानित भएका छन् ।

सगरमाथा आरोही संघले रजत महोत्सवका अवसरमा सगरमाथा आरोहणको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट हिमाल आरोहणको प्रवर्द्धनमा योगदान गरेका ६ पत्रकारहरूलाई संघले सम्मान गरेको छ।

सम्मानित हुने अन्य पत्रकारमा राससका सीबी अधिकारी, नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, द हिमालयन टाइम्सका राजन पोखरेल, द एभरेस्ट न्युजका फुर्वा शेर्पा र सगरमाथा आरोही तथा पत्रकार कल्पना मर्हजन छन् ।

सगरमाथा आरोही संघ सगरमाथा आरोहण गर्ने आरोहीहरूको छाता संगठन हो । अहिलेसम्म १४ हजार भन्दा धेरै आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?