News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ट्याक्टरले चेपिएर चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको छ ।
- हरि पोखरेलको बारी जोतेर निस्कने क्रममा आफैंले चलाएको ग १ त ७५४८ नम्बरको ट्याक्टरले च्यापिएर बोहरा गम्भीर घाइते भएका थिए ।
- प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि नेशनल सिटी अस्पताल चितवन लगिएका बोहराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
७ भदौ, गोरखा । गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैंले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए ।
घाइते बोहराको प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल सिटी अस्पताल चितवन लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4