+
+
Shares

ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा राति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
  • डीएसपी शंकर खडकाका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो ३ बजेर ४५ मिनेटमा पूर्ण नियन्त्रणमा आएको हो।
  • आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल र १ थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्।

८ भदौ, हुम्ला । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ।

राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।

गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए।

स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे खडकाकाे भनाइ छ।

आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?