+
+
Shares

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले आफ्ना सल्लाहकार परिषद् अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ।
  • भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठलाई प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेको उपलब्धिको कदरमा चेम्बरले सम्मान गरेको हो।
  • श्रेष्ठले नेपाल–भियतनामबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्ध सुदृढ गर्न आफूले सेतुको भूमिका निर्वाह गरेको बताए।

८ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्य दूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले पनि सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धीले सम्पूर्ण चेम्बर परिवारलाई गर्व महसुस भएको बताए । उनले नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्‍याउन श्रेष्ठले सेतुका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको आपसी सहयोग अभिवृद्धिमा श्रेष्ठले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले कूटनीतिक दक्षता र सक्रियताले चेम्बरको समेत शिर उँचो बनाएको बताए ।

पूर्व अध्यक्ष श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले आफ्नो उपलब्धिको कदर गर्दै सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरे । भियतनामको परराष्ट्र मन्त्रालयले आफ्नो योगदानको उच्च मूल्याङ्कन गर्दै ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको उनले जानकारी दिए ।

भियतनामको परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूमध्ये अग्रस्थानमा राखेर प्रदान गरेको उक्त सम्मानले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने थप ऊर्जा मिलेको बताए । उनले नेपाल चेम्बर अफ कमर्सले समेत नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्ध तथा लगानीका अवसर विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?