+
+
Shares

परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल १४ भदौमा सर्बियाको बेलग्रेड जाने भएका छन् ।
  • उनी १५ र १६ भदौमा हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा तीन सदस्यीय नेपाली प्रतिनिधि टोलीको नेतृत्व गर्नेछन् ।
  • मन्त्रिपरिषद् बैठकले २६ साउनमा उक्त स्मरणसभामा नेपाल सहभागी हुने निर्णय गरेको थियो ।

८ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् ।

सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाइलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

१५ र १६ भदौमा बेलग्रेडमा आयोजना हुने उक्त स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधि टोली सहभागी हुनेछ ।

२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले स्मरणसभामा सहभागिता जनाउने निर्णय गरेको थियो ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा विश्वका नेता, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ ।

उनी १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?