+
+
Shares

बाँदर धपाउने क्रममा अरिङ्‍गालले टोक्दा युवक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्‍गालले टोकेर २५ वर्षीय सञ्जु राना घाइते भएका छन् ।
  • मकैबारीमा रुखमा ढुंगा लागेपछि करिब २०/२५ वटा अरिङ्‍गालले रानाको शरीरका विभिन्न भागमा टोकेको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
  • अरिङ्‍गालको टोकाइबाट घाइते रानालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।

८ भदौ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्‍गालले टोकेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका २५ वर्षीय सञ्जु राना रहेका छन् ।

मकैबारीमा बाँदर धपाउने क्रममा रुखमा ढुंगा हान्दा अरिङ्‍गालको गोलामा ढुंगा लाग्न पुगेको थियो । त्यसपछि करिब २०/२५ वटा अरिङ्‍गालले रानाको शरीरका विभिन्न भागमा टोकेर घाइते बनाएको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

अरिङ्‍गालको टोकाइबाट घाइते रानालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।

गुल्मीमा केही दिन अघि बाँदर धपाउने क्रममा भिरबाट लडेर रेसुङ्‍गा नगरपालिकामा महिलाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?