+
+
Shares

गणेशमान सिंहको जीवनमा आधारित नाटक सर्वनाममा मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा गणेशमान सिंहको जीवनीमा आधारित ‘वीर गणेशमान’ नाटक सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

८ भदौ, काठमाडौं । गणेशमान सिंहको जीवनीमा आधारित रहेर सर्वनाम थिएटरमा नाटक मञ्चन हुने भएको छ । अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा ‘वीर गणेशमान’ नाटक मञ्चन हुने भएको हो ।

नाटकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र अडानलाई प्रस्तुत गरिने बताइएको छ । नेपाली राजनीतिमा उनलाई लौह पुरुष भनेर चिन्ने गरिन्छ । सिंह नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापना लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने नेता हुन्।

२४ कात्तिक १९७२ मा काठमाडौँको रैथाने परिवारमा जन्मेका सिंहको निधन २ असोज २०५४ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए ।

उनैको जीवनमाथि रहेर मञ्चन गरिने नाटक १४ भदौदेखि १४ असोजसम्म बिहीबारबाहेक नियमित मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?