News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को गीत ‘नक्कल पारी’ युट्युबमा सार्वजनिक भएको छ ।
- प्रशान्त शिवाकोटी र शान्तिश्री परियारले गाएको गीतमा सुष्मा सिग्देलको शब्द र गम्भीर विष्टको नृत्य निर्देशन छ ।
- नीति शाह, सृष्टि श्रेष्ठलगायत कलाकार फिचर्ड गीत हरितालिका तीजको परिवेशमा तयार पारिएको छ ।
- हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठको लगानीमा बनेको फिल्म २६ भदौमा प्रदर्शन हुने तय छ ।
काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को गीत ‘नक्कल पारी’ युट्युबमा सार्वजनिक भएको छ । आउँदै गरेको महिलाको महान पर्व हरितालिका तीजको परिवेशमा यो गीत तयार पारिएको छ ।
प्रशान्त शिवाकोटीद्वारा संगीतबद्ध गीतको गायनमा प्रशान्तले शान्तिश्री परियारसँग सहकार्य गरेका छन् । सुष्मा सिग्देलको शब्द गीतमा छ । भिडियोमा गम्भीर विष्टको नृत्य निर्देशन छ ।
फिल्मका शीर्ष कलाकारले सारीमा सजिएर छमछमी नाचेका छन् । नीति शाह, सृष्टि श्रेष्ठ लगायतका कलाकार गीतमा फिचर्ड छन् । यो गीतले हरितालिका तीजको पूर्ण भाइब्स प्रदान गर्ने देखिएको छ भने तीज अवसरमा नृत्यका लागि राम्रो डान्सिङ ट्रयाक पनि बन्न सक्ने देखिन्छ ।
हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठको लगानी रहेको फिल्मको प्रदर्शन २६ भदौ (सेप्टेम्बर ११) लाई तय छ ।
प्रतिक्रिया 4