+
+
Shares

रास्वपा कार्यालयमा गृहमन्त्रीले गुनासो सुन्ने कार्यक्रम, मिडिया प्रवेशमा रोक

झ्यालबाट चिहाएर भित्रको दृश्य कैद गर्न पाए पनि नागरिकले मन्त्रीसँग के गुनासो गरिरहेका छन् भन्ने सुन्न दिइएको छैन।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ ८ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद तथा गृहमन्त्री सुधन गुरुङले नागरिकका गुनासा, समस्या र सुझाव सुन्न बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम गरेका छन्।
  • साँझ ५ बजेदेखि भनिएको कार्यक्रम गुरुङ ४५ मिनेट ढिलो आएपछि सुरु भएको थियो।
  • कार्यक्रममा मिडियालाई प्रवेश रोकिएको छ र सुरक्षाकर्मीले निर्देशन आएपछि प्रवेश नदिएको बताएका छन्।

८ भदौ, काठमाडौं । रास्वपाका सांसद तथा गृहमन्त्री सुधन गुरुङले आम नागरिकको समस्या, गुनासा,सुझाव सुन्नका आयोजित कार्यक्रममा मिडियालाई प्रवेश रोकिएको छ।

मन्त्रीले नागरिकका समस्या सुन्नका लागि पार्टीले तय गरेको कार्यक्रम अन्तर्गत आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा गृहमन्त्री गुरुङ आएका छन्।

साँझ ५ बजेदेखि भनिएको कार्यक्रम उनी ४५ मिनेट ढिलो आएपछि सुरु भएको थियो। गुरुङले गुनासो, समस्या, सुझाव सुनिरहेका छन्। गृहमन्त्रीसँग समस्या सुनाउन आएका कतिपय व्यक्ति कार्यक्रम हलमा प्रवेश गर्न पाएका छैनन्।

कार्यक्रममा मिडियालाई प्रवेश दिइएको छैन। झ्यालबाट चिहाएर भित्रको दृश्य कैद गर्न पाए पनि नागरिकले मन्त्रीसँग के गुनासो गरिरहेका छन् भन्ने सुन्न दिइएको छैन।

मिडियालाई कार्यक्रम हलमा प्रवेश नगर्नू भन्ने निर्देशन आएकोले रोकिएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन्।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?