+
+
Shares

रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ।
  • बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिएको छ।
  • पार्टीले प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ।

५ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो।

संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्।

त्यस्त सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी बनेकी छन्।

बैठकले पार्टीको प्रवक्ता पनि टुंगो लगाएको छ। प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?