+
+
Shares

अर्थमन्त्री वाग्लेसँग रास्वपा कार्यकर्ताको आक्रोश : तपाईंका कारण तराई-मधेशमा जान सकिने अवस्था छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १२:१६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीमा क्षेत्रमा करका लागि गरिएको कडाइप्रति रास्वपाका कार्यकर्ताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि बिहीबार साँझ भएको संवादमा प्रश्न उठाएका छन् ।
  • मधेशका एक कार्यकर्ताले भारतबाट किनमेल गरेर फर्केका नागरिकलाई प्रहरी प्रशासनले एक किलो चिनीका लागि समेत दु:ख दिएको र ज्यादती गरेको आरोप लगाएका छन् ।
  • कार्यकर्ताले वाग्ले काठमाडौंको मात्रै अर्थमन्त्री बनेको भन्दै हिमाल, पहाड र तराईको अर्थमन्त्री बन्न सुझाव दिएका छन् ।

५ भदौ, काठमाडौं । सरकारले करका लागि सीमा क्षेत्रमा गरेको कडाइको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ता आक्रोशित बनेका छन् ।

मन्त्रीहरूले नागरिकसँग दोहोरो संवाद गर्ने गरी सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा अर्थमन्त्री वाग्लेको कार्यप्रति कार्यकर्ताले प्रश्न उठाएका हुन् । बिहीबार साँझ भएको उक्त संवादमा मधेशका एक कार्यकर्ताले आक्रोश पोखेका हुन् ।

भारतबाट किनमेल गरेर फर्केका नेपाली नागरिकलाई करका लागि गरिएको कडाइप्रति उनले आक्रोश पोखेका थिए ।

अर्थमन्त्रीप्रति रुष्ट उनले भने, ‘हजुरले जुन अर्थनीति बनाउनु भएको छ । यो नेपालको हो कि अमेरिकाको ? यो हिमाल, पहाड, तराईको हो कि अमेरिकाको हो ?’

सीमा क्षेत्रमा गरिएको कडाइले मधेशका २२ जिल्लामा रास्वपा पस्ने स्थिति नभएको स्थिति पनि ती कार्यकर्ताले सुनाए ।

कार्यकर्ताले भने, ‘किन छैन भने प्रत्येक चिजमा हजुरले कर लगाउनु भयो । २२ वटा जिल्लामा खुला बोर्डर छ । रोटीबेटीको सम्बन्ध छ भारतसँग हाम्रो ।’

महामन्त्री विपिन आचार्य र सहमहामन्त्री असीम शाह पनि उपस्थित संवादमा सीमाका जिल्लाबाट प्रत्येक दिन ४/५ लाख मान्छे नेपाल–भारत आवातजावत हुने उनले बताए ।

सीमा क्षेत्रमा प्रहरी प्रशासनले ज्यादती गरेको बताउँदै अर्थमन्त्रीलाई सुनाए, ‘एक किलो चिनीको लागि सीमावासीले प्रहरी र प्रशासनको कुटाइ खाइरहेको छ । यो हजुरको नीतिको कारणले हो ।’

अर्थमन्त्री वाग्ले काठमाडौंको मात्रै अर्थमन्त्री बनेको आरोप लगाउँदै हिमाल, पहाड र तराईको अर्थमन्त्री बन्न सुझाव दिए ।

भारतबाट सानो मात्रामा समान किनेर फर्केका नेपाली नागरिकलाई प्रहरी प्रशासनले दु:ख दिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले पनि आवाज उठाइरहेका छन् ।

सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूसँग गरेको छलफलमा पनि उक्त विषयलाई मधेशका सांसदहरूले जोड दिएर उठाएका थिए ।

सीमा क्षेत्रमा प्रहरी प्रशानसन व्यवहारिक हुन नसकेको गुनासो उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?