+
+
Shares

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १०:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलले विधान संशोधनका लागि कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदल पूर्णता पाएको छ।
  • कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेलसहित १४ सदस्य रहेका छन्।
  • कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने परियारले जानकारी दिए।

४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ।

कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल लगायत सदस्य छन् ।

कार्यदलका अन्य सदस्यहरूमा गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहेका छन् ।

कार्दलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने कार्यदलका सदस्य परियारले जानकारी दिए ।

बुधबार बसेको संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?