News Summary
Generated by OK AI. Editorially reviewed.- जस्मिन पेन्ट्स लिमिटेडले भदौ १ देखि कात्तिक ३० सम्म ‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ अभियान सुरु गरेको छ।
- अभियानअन्तर्गत आधिकारिक डिलर वा बिक्रेताबाट न्यूनतम ७५ हजार रुपैयाँका उत्पादन खरिद गर्ने उपभोक्ताले लक्की ड्र कुपन पाउनेछन्।
- लक्की ड्रमार्फत एक जनाले चार रात पाँच दिनको लन्डन टुर, पाँच जनाले वासिङ मेसिनलगायत उपहार जित्ने कम्पनीले जनाएको छ।
८ भदौ, काठमाडौं । नेपालीको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड (मनकामना ग्रुप अफ कम्पनीज)ले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।
‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लन्डन टुर जित्ने अवसर पाउनेछन् । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
‘योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा बिक्रेतामार्फत न्यूनतम ७५ हजार रुपैयाँ बराबरका कम्पनीका उत्पादन खरिद गर्नुपर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा उपभोक्तालाई एउटा लक्की ड्र कुपन प्रदान गरिनेछ ।’
लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले चार रात पाँच दिनको लन्डन टुर जित्ने कम्पनीले जनाएको छ । ‘यस्तै, पाँच जनाले ८ केजी फ्रन्ट लोडिङ अटोमेटिक वासिङ मेसिन, ३५ जनाले ३ लिटर इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले तीन जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल तथा ७५० जनाले आकर्षक वाल क्लक जित्ने अवसर पाउनेछन्’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका अनुसार यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखिएको छ । घरलाई नयाँ रङले सजाउने उपभोक्ताले खरिदसँगै आकर्षक उपहार जित्ने अवसरसमेत पाउने भएकाले योजनाले चाडपर्वको तयारीलाई थप उत्साहपूर्ण बनाउने कम्पनीको भनाइ छ ।
योजनामा सहभागी उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी कुपनमा रहेको क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ । लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विजेताले विजेता घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्नेछ । लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिने कम्पनीले जनाएको छ । उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिनेछ ।
प्रतिक्रिया 4