+
+
Shares

बागमतीका तीन सांसदलाई पदमुक्त गर्ने पत्र फेक हुन सक्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ९:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्न पठाइएको पत्र फेक हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
  • उनले ४ भदौपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको र पत्रमा बैठक मिति उल्लेख नभएकाले शंका लागेको बताए ।
  • थापाले ८ भदौको राजेन्द्र लिङ्देन हस्ताक्षर रहेको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको जनाए ।

९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्तका लागि पठाइएको पत्र फेक हुन सक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तीन सांसदलाई गरिएको कारबाही पत्र पोस्ट गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

८ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर रहेको उक्त पदमुक्त सम्बन्धी पत्रबारे नेता थापाले यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले  लेखेका छन्, ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन । यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु । यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?