+
+
Shares

सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १०:२६

९ भदौ, रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो ।

सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए।

सल्यानमा खोलाले बगाएर रोल्पाको एक वृद्धको मृत्युवडाध्यक्ष वलीका अनुसार मृतक डाँगीको शव करिब तीन/चार सय मिटर तल फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?