+
+
Shares

११ वर्षदेखिको फैसला पठाउन सर्वोच्च बारको अध्ययन समितिको आह्वान

सर्वोच्च अदालत बार एसोसिएसनले १३ भदौ २०८२ मा सर्वोच्च अदालतले गरेका फैसलाहरुको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालत बार एसोसिएसनको फैसला अध्ययन समितिले १ वैशाख २०७२ देखि चैत मसान्त २०८२ सम्मका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसला पठाउन कानुन व्यवसायीलाई आह्वान गरेको छ।
  • समितिले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा सर्वोच्च अदालतका फैसला अध्ययन गर्न १३ भदौ २०८२ मा गठन गरिएको हो।
  • अध्ययन समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सहसंयोजक र प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत, कमलप्रसाद इटनी सदस्य तथा निर्मल प्रसाद उपाध्याय सदस्य सचिव छन्।

९ भदौ, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको फैसला अध्ययन समितिले ११ वर्षदेखिका फैसलाहरू पठाइदिन आह्वान गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले १३ भदौ २०८२ मा सर्वोच्च अदालतले गरेका फैसलाहरुको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

समितिले १ वैशाख, २०७२ देखि चैत मसान्त, २०८२ सम्मका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसलाहरु उपलब्ध गराउन कानुन व्यवसायीहरुलाई अनुरोध गरेको हो । अध्ययन समितिले फैसला अध्ययन गरी तयार पार्ने प्रतिवेदन सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाउनेछ ।

वरिष्ठ अधिवक्ता घिमिरेको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सह–संयोजक छन् । समितिमा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् भने निर्मल प्रसाद उपाध्याय सदस्य सचिव छन् ।

सर्वोच्च अदालतले गर्ने फैसलाबारे पटकपटक प्रश्न उठ्नुका साथै कतिपय अवस्थामा आलोचना समेत हुने गरेको छ। त्यस्तो बेलामा फैसला अध्ययन गर्ने समिति बनाउने घोषणा गर्ने कानुन व्यवसायीहरुले त्यसको कार्यान्वयन गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?