+
+
Shares

बानेश्वरमा चोकमा महिला प्रहरीमाथि कुटपिट

ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका महिला र पुरुष ट्राफिक प्रहरीमाथि जुम्लाका २७ वर्षीय राज कठायतले हातपात गरेका छन्।
  • प्रहरीले राज कठायतलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी अनुसन्धान सुरु गरेको छ।
  • ट्राफिक प्रहरीले जथाभावि बाटो काट्नेलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरिरहेको बेला उक्त घटना भएको हो।

९ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।

ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ । सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो ।

सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?