News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई सरकारको पक्षमा मतदान गरेर अनुशासन उल्लंघन गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ।
- महासचिव डा सुरेन्द्रकुमार झाले सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनेका हुन्।
- जसपाले अघिल्लो स्पष्टीकरण पार्टीको नीति, निर्णय र निर्देशनसँग मेल नखाएको भन्दै तीन प्रश्नको जवाफ पनि मागेको छ।
९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई पुन: स्पष्टीकरण सोधेको छ।
पार्टी महासचिव डा सुरेन्द्रकुमार झाले सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पुन: स्पष्टीकरण पेस गर्न भनेका हुन्।
अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णयविपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्रमार्फत भनिएको छ।
यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएको जसपाको ठहर छ।
जसपाले सांसदहरूलाई ३ वटा प्रश्नको जवाफ स्पष्टीकरण पत्रमा दिन भनेको छ।

प्रतिक्रिया 4