News Summary
Generated by OK AI. Editorially reviewed.- निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।
- टिजरमा फिल्म बदलाको कथावस्तुमा आधारित देखिन्छ र निखिल उप्रेती दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
- कृष्ण भट्टराईको निर्माण रहेको फिल्म ९ असोजदेखि प्रदर्शन तयारीमा छ ।
काठमाडौं । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन् ।
उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ । निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ । कृष्ण भट्टराईको निर्माण रहेको फिल्म ९ असोज (सेम्टेम्बर २५) देखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4