News Summary
Generated by OK AI. Editorially reviewed.- स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा भएको आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ चार दिनपछि काठमाडौंमा सम्पन्न भयो।
- प्रतियोगितामा २५ विद्यालयका टोलीले चार उमेर समूहमा प्रतिस्पर्धा गरे, र समापन समारोहमा राखेप बोर्ड सदस्य ललिता नाथ प्रमुख अतिथि थिइन्।
- यू–११ छात्रतर्फ रातो बंगला, यू–११ छात्रातर्फ जेम्स स्कुल, यू–१२ छात्रतर्फ राई स्कुल र यू–१४ छात्रतर्फ लोयल्टी एकेडेमी च्याम्पियन बने।
९ भदौ, काठमाडौं । स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा भएको आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ विद्यालयका टोलीले चार उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए ।
समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य ललिता नाथ प्रमुख अतिथि थिइन् । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगर, एनएसएसएफका संस्थापक अध्यक्ष प्रदीप जोशी, उपाध्यक्ष मोहन कार्की तथा राखेपका पूर्वउपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिताको यू–११ छात्रतर्फ रातो बंगला स्कुल च्याम्पियन बन्यो । हिमशिखर दोस्रो र रोजबड तेस्रो भए। यू–११ छात्रातर्फ जेम्स स्कुलले उपाधि जित्दा रातो बंगला दोस्रो तथा स्वोस्तिश्री गुरुकुल तेस्रो स्थानमा रह्यो ।
यू–१२ छात्रतर्फ राई स्कुल विजेता बन्दा स्वोस्तिश्री गुरुकुल उपविजेता र कोहिनुर स्कुल तेस्रो भयो। यू–१४ छात्रतर्फ लोयल्टी एकेडेमीले उपाधि जित्दा उज्ज्वल तारा स्कुल दोस्रो र रोजबड स्कुल तेस्रो स्थानमा रह्यो ।
व्यक्तिगत पुरस्कारतर्फ यू–११ छात्रमा स्वोस्तिश्रीका आर्नव राज भारती उत्कृष्ट खेलाडी, रातो बंगलाका सुबान्श श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा निर्विग्न ढकाल सर्वाधिक गोलकर्ता घोषित भए । यू–११ छात्रामा पाठशाला नेपालकी सम्राज्ञी क्षेत्री उत्कृष्ट खेलाडी, स्वोस्तिश्रीकी श्रीम खरेल उत्कृष्ट गोलरक्षक र रातो बंगलाकी शिखा सुबेदी सर्वाधिक गोलकर्त्री बनिन् ।
यू–१२ छात्रमा राई स्कुलका योनातन राई उत्कृष्ट खेलाडी, स्वोस्तिश्रीका समीर बोहरा उत्कृष्ट गोलरक्षक तथा कोहिनुरका प्रमिक मगर सर्वाधिक गोलकर्ता भए ।
यू–१४ छात्रतर्फ उज्ज्वल ताराका केशव काफ्ले उत्कृष्ट खेलाडी, लोयल्टीका समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक तथा रोजबडका लक्ष्य श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए ।
प्रतिक्रिया 4