+
+
Shares

तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजार क्षेत्रमा ठूलो क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बततर्फबाट आएको बाढीले बिहान करिब ९ बजे रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
  • जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी नुवाकोट पुगेको छ र नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ।
  • बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ भने उद्धार तयारीका लागि जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ।

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।

बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

नुवाकोट पुग्यो बाढी

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपालका अनुसार बाढी नुवाकोट आइसकेको छ ।

बाढीले पुर्‍याएको क्षतिबारे अहिले भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

साथै नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ ।

उद्धारका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?