+

रोयल स्पोर्ट्स पार्क ब्लूलाई किङ्स टी–१० इन्डोर क्रिकेटको उपाधि

२०८३ भदौ  १० गते ११:१८ २०८३ भदौ १० गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले ब्याकयार्ड बीलाई ७६ रनले हराएर जितेको छ।
  • रोयल स्पोर्ट्स पार्क ब्लूले १० ओभरमा २ विकेट गुमाएर ९८ रन बनायो भने ब्याकयार्ड बी ७ विकेट गुमाएर २२ रनमै समेटियो।
  • हर्षल भण्डारी उत्कृष्ट बलर, अमित श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र लक्ष्मण देवकोटा प्लेयर अफ द टुर्नामेन्ट चुनिएका छन्।

१० भदौ, काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ । रोयल स्पोर्ट्स पार्कमा सोमबार भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रन ले हराउँदै रोयल च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले १० ओभरमा २ विकेट गुमाएर ९८ रन बनायो । नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रन जोडे ।

९९ रनको लक्ष्य पछ्याएको ब्याकयार्ड बी ७ विकेट गुमाएर २२ रनमै समेटियो । सृजलले ८ रन बनाउँदा अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

फाइनलअघि स्वर्गीय निर्मल पुर्जा (निम्सदाइ) को सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी उपस्थित थिए भने प्रतियोगिताकी ब्रान्ड एम्बेसडर रजिना बिष्टले पनि समापन कार्यक्रममा सहभागिता जनाएकी थिइन् ।

व्यक्तिगत पुरस्कारतर्फ हर्षल भण्डारी ७ विकेटसहित उत्कृष्ट बलर घोषित भए । अमित श्रेष्ठ १०६ रनसहित उत्कृष्ट ब्याट्सम्यान बने भने लक्ष्मण देवकोटा (निम्सभाइ) १७ विकेटसहित प्लेयर अफ द टुर्नामेन्ट चुनिए ।

किङ्स क्रिकेट एकेडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताले नेपाली इन्डोर क्रिकेटमा थप उत्साह र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ ।

किङ्स टी–१० इन्डोर क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय