News Summary
Generated by OK AI. Editorially reviewed.- तिब्बतबाट रसुवा हुँदै आएको बाढीले १० भदौमा नुवाकोटको वेत्रावती बजार, त्रिशुली बजार, देवीघाट बजार र सेन्ट्रल जेलमा क्षति पुर्याएको छ ।
- विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बिहान ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो ।
- श्रेष्ठले अनलाइनखबरसँग भने,‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’
१० भदौ, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ ।
त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।
विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो ।
श्रेष्ठले अनलाइनखबरसँग भने,‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4