+
+
Shares

पार्टी पंक्तिका नेता-कार्यकर्तालाई बाढी प्रभावितको उद्धारमा खट्न गगन थापाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सभापति गगन थापाले रसुवामा आएको बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
  • उनले सरकारलाई सबै तहका संयन्त्र परिचालन गरेर उद्धार र राहतमा केन्द्रित हुन अनुरोध गरेका छन्।
  • थापाले कांग्रेसका समिति र रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नेता तथा सदस्यलाई उद्धार र राहतमा तत्काल जुट्न अपिल गरेका छन्।

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।

सभापति थापाले विपद्को समयमा सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित हुन अनुरोध गरेका छन् ।

‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ । यस विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

थापाले विपद् व्यवस्थापनमा सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेसमेत बताएका छन् ।

उनले कांग्रेसका सम्पूर्ण समितिहरू तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सदस्यहरूलाई उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन् ।

‘तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु,’ सभापति थापाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?