News Summary
Generated by OK AI. Editorially reviewed.- तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति पुर्याएको अर्थ मन्त्रालयले जनाएको छ ।
- रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दीमध्ये २ जना बिदामा रहेको र कर्मचारीसँग सम्पर्क गर्ने काम भइरहेको सचिवालयले जनाएको छ ।
- भन्सारको यार्डमा रहेका सबै सवारी साधन बाढीले बगाएको छ ।
१० भदौ, काठमाडौं । तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4