+
+
Shares

रसुवा बाढीका कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन 

बाढीका कारण क्षति पुगेका बैंकका शाखा ९ वटा रहे पनि सम्पर्कमा नआएका कर्मचारी ८ शाखाका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीका कारण भोटेकोशी र त्रिशूली आसपासका ८ वाणिज्य बैंकका २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
  • बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको छ ।
  • नेपाल बैंकर्स एसोसिएसनले पहिलो प्राथमिकता कर्मचारी सुरक्षा भएको र सम्पर्कपछि मात्र भौतिक क्षति विवरण संकलन गर्ने जनाएको छ ।

१० भदौ, काठमाडौ । रसुवा बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन छन् ।

तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।

बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उनले भने ।

सोही क्षेत्रका विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।

तिब्बतबाट रसुवा भोटेकोशी नदीमा आएको बढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् । बाढीका कारण क्षति पुगेका बैंकका शाखा ९ वटा रहे पनि सम्पर्कमा नआएका कर्मचारी ८ शाखाका छन् ।

बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको शर्माले बताए ।

क्षति विवरण पनि क्रमिक संकलन भइरहेको शर्माले बताए । पहिलो प्राथमिकता कर्मचारी सुरक्षा भएकाले सबै बिर्सेर उनीहरूको अवस्थाको जानकारी लिन मात्रै लागेको शर्माले बताए ।

कर्मचारीहरूको टुंगो लागेपछि मात्र भौतिक क्षति विवरण संकलन गर्ने उनले बताए । बाढीले क्षति पुर्‍याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्‍याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?