News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीमा परेकाहरूमध्ये केहीको शव १० भदौमा गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकाका विभिन्न स्थानमा फेला परेको प्रहरीले जनाएको छ।
- शहिद लखन गाउँपालिका ३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा एकै ठाउँमा तीन जना पुरुषको शव भेटिएको डिएसपी राजकुमार श्रेष्ठले बताए।
- गण्डकी गाउँपालिका ८ धवादीघाट, ६ भुम्लिचोक, ४ फेवाटार र ७ ज्यामिरेघाटमा पनि शव र एक व्यक्तिको खुट्टा फेला परेको प्रहरीले जनाएको छ।
१० भदौ, गोरखा । रसुवा बाढीमा परेकाहरूमध्ये केहीको शव गोरखामा भेटिएको छ । गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाको बिभिन्न स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शहिद लखन गाउँपालिका ३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा एकै ठाउँमा तीन जना पुरुषको शव फेला परेको डिएसपी राजकुमार श्रेष्ठले बताए ।
गण्डकी गाउँपालिका वडा नम्वर ८ धवादीघाटस्थित त्रिशूली नदीमा एक जना पुरुषको शव फेला परेको उनले जानकारी दिए । वडा नम्वर ६ भुम्लिचोकस्थित नदी किनारमा रुखमा अड्किएको अवस्थामा अर्को शव फेला परेको उनले बताए ।
उनका अनुसार गण्डकी गाउँपालिका १ बुट्टारमा एक व्यक्तिको खुट्टा फेला परेको छ भने वडा नम्वर ४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ। त्यस्तै वडा नम्बर ७ ज्यामिरेघाटमा एक जना पुरुषको शव फेला परेको छ ।
प्रतिक्रिया 4