+
+
Shares

रसुवा बाढी : खाद्य सुरक्षा सुनिश्चित गर्न गैरसरकारी संस्थालाई कृषि मन्त्रालयको आग्रह

कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सूचना जारी गर्दै खाद्य सुरक्षा क्लस्टरमा आबद्ध सबै साझेदार संस्थालाई यस्तो आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा, भोटेकोशी र त्रिशूली तटीय बाढीपीडितका लागि खाद्यान्न र राहत सामग्री तत्काल परिचालन गर्न गैरसरकारी संस्थालाई आह्वान गरेको छ।
  • मन्त्रालयले चीनको स्वशासित क्षेत्रबाट सुरु भएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै खाद्य सुरक्षा क्लस्टरका साझेदारलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।
  • सहसचिव जगन्नाथ तिवारीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक राहत सामग्री परिचालनमा जुट्न सम्पूर्ण साझेदार संस्थालाई विशेष आग्रह गरेका छन्।

१० भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा, भोटेकोशी र त्रिशूली नदी तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल खाद्यान्न र राहत सामाग्री परिचालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई आह्वान गरेको छ ।

मन्त्रालय अन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सूचना जारी गर्दै खाद्य सुरक्षा क्लस्टरमा आबद्ध सबै साझेदार संस्थालाई यस्तो आग्रह गरेको हो ।

चीनको स्वशासित क्षेत्रबाट सुरु भई आएको बाढीले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै मन्त्रालयले विपद्को यस चुनौतीपूर्ण घडीमा प्रभावित तथा जोखिममा रहेका नागरिकलाई पर्याप्त खाद्य सामग्री र अन्य अत्यावश्यक सहयोगको पहुँच सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी रहेको जनाएको छ ।

खाद्य सुरक्षा क्लस्टरको नेतृत्वदायी निकायको हैसियतले मन्त्रालयले क्लस्टरका सबै सहअगुवा तथा सदस्यलाई ‘उच्च सतर्क अवस्थामा’ रहन निर्देशन दिएको छ ।

साथै, प्रभावित क्षेत्रमा देखापर्ने खाद्य सुरक्षाका तत्कालीन आवश्यकता सम्बोधन गर्न पूर्ण सहयोग र समन्वयका लागि अपिल गरिएको छ ।

सहसचिव जगन्नाथ तिवारीले विशेषगरी खाद्य तथा अन्य अत्यावश्यक राहत सामाग्री परिचालनमा जुट्न सम्पूर्ण साझेदार संस्थालाई विशेष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?