१० भदौ, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै भित्रिएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु पुष्टि हुनेको संख्या १०० पुगेको छ । नेपाल प्रहरीका अनुसार बुधबार राति साढे ८ बजेसम्म १०० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रसुवामा एक जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा ७ जना र नवलपरासी पूर्वमा ११ जना गरेर १०० जनाको शव फेला परेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4